रजतपटका सञ्चालक प्रकाश सुवेदीले मागे माफी
काठमाडौं । टेलिभिजन कार्यक्रममा रजतपटका सञ्चालक प्रकाश सुवेदीले माफी मागेका छन् । उनले टेलिभिजन कार्यक्रम मार्फत आफुले बोल्नु नहुने कुरा बोलेको भन्दै माफी मागेका हुन् ।
चलचित्र क्षेत्र आफ्नो परिवार भएको र यसलाई सधैँ माया गर्ने समेत बताएका उनले ‘दारा’ भन्ने शब्द मैले बोल्न नहुने थियो । जुन मेरो मुखबाट फुस्कियो । अब आइन्दा यस्तो नहुने भन्दै माफी मागेका हुन् ।
‘आफुले राष्ट्रिय टेलिभिजनमार्फत यस्तो अनर्थ शब्द उच्चारण गर्नुहुँदैन थियो’ सुवेदीले भने ‘यस बिषयको माफी एक पटक, सय पटक, हजार पटकभन्दा पनि चित्त बुझ्दैन भने लाख पटक माग्छु ।’ सुवेदीले आफूबाट गल्ती भएको र यस विषयमा आफु चुकेको समेत स्पष्ट पारेका छन् ।
बिहीबार रजतपटमा बोलेको शब्द कसै प्रति लक्षित नभएको बताएका सुवेदीको नेपाली चलचित्रमा बढि बोलिने, सुनिने भएकाले यस्ता शब्द आफुले पनि बोल्न पुगेको भनाइ समेत राखेका थिए ।
आफुले भुलवस बोलको शब्दले जुन प्रतिक्रिया आएको छ, त्यसले आफुलाई बढो गम्भीर बनाएको बताएका सुवेदीले आफुले दुई दशक अगाडिकी अभिनेत्रीले अझैँ उस्तै उर्जावान छिन् भन्दा कसैको ध्यान नगएकोमा दुःख समेत व्यक्त गरे ।
‘जतिले आफ्ना विचारहरु राख्नुभएको छ । ति सबै आफ्नो लागि आशिर्वाद हुन्,’ सुवेदीले अगाडि भनेका छन् ‘आफुलाई सच्याउने मौका दिएकोमा धन्यबाद । जिउँदो हुँदा हुँदै आफुले श्रदाञ्जली हेर्न पाएकोमा गौरव लागेको छ ।’
अभिनेत्री पूजा शर्माले आइतबार चलचित्रकलाकार संघ, बिकाश बोर्ड लगायत बिभिन्न संघसंस्थामा उनीबिरुद्ध उजुरी दर्ता गराएपनि सुवेदीले साँझ टेलिभिजनमार्फत माफी मागेका हुन् ।
सुवेदीले रजतपट कार्यक्रम मार्फत अभिनेत्री पूजा शर्मालाई लक्षित गर्दै ‘दारा भएकी तथा महानायिका’ शब्द प्रयोग गरेका थिए । उनको उक्त शब्द प्रयोगको चौतफी विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण