नाइजरमा ६ फ्रान्सेली नागरिकको हत्या
एजेन्सी । नाइजरमा ६ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो ।
उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । यस विषयको विस्तृत समाचार भने आएको छैन । ती सहायताकर्मीहरुले अन्तर्राष्ट्रिय सहायता समूह एटिसीइडीमा काम गर्ने गरेका थिए । सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामाा जनाइएको छ ।
आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ । उनीहरु आइतबार मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो । यसअघि सो समाचार अल जाजिरा टिभीले दिएको थियो । उनीहरु किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।
फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गर्नुभएको अल जाजिरा टिभीले जनाएको छ । नाइजरका राष्ट्रपति मोहमदु इसोफूले उक्त घटनाको निन्दा गरेका छन् । यसरी नागरिकको हत्या गर्ने काम जघन्य अपराध भएको भन्दै फ्रान्सेली सरकार र नागरिप्रति उनले सहानुभूति दिनुभएको पनि सो समारमा जनाइएको छ । यस घटनाको अनुसन्धान शुरु भएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही बताइएको छैन । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण