बेरुत विष्फोटको असरः लगातार ३ मन्त्रीद्वारा राजीनामा
एजेन्सी । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छिन् । । उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाएको लेबनानको प्रसारक संस्था एम टिभीले जनाएको छ । यसअघि सञ्चारमन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डामियनोस कात्तारले पनि राजीनामा बुझाएका थिए ।
बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उनीहरुले राजीनामा दिएको समाचारमा जनाइएको छ । यही अगस्ट महिनाको ४ तारिखमा भएको विस्फोटनमा परी १५८ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी घाइते भएका छन् ।
त्यसैगरी लाखौं बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ । बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले जनाएका छन् । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो ।
करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट ’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो । यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट ’ भण्डारण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण