प्रदेश १ मा एकैदिन थपिए ९८ जना कोरोना संक्रमित
बिराटनगर । प्रदेश १ माएकै दिन अहिलेसम्मकै धेरै कोरोना सक्रमित भेटिएका छन् । यो प्रदेशमा मंगलबार एकै दिन ९८ जना कोरोना संक्रमित थपिएका हुन् । यो अहिले सम्मकै उच्च संख्या भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
जसअनुसार मोरङ जिल्लामा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले जानकारी दिए । उनका अनुुसार झण्डै १५ सयको पीसीआर परीक्षण गर्दा ९८ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । जसमध्ये विराटनगरका मात्रै ५० जना छन् । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार मोरंगको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष संक्रमित भेटिएका छन् त्यस्तै सुनसरीको एक स्थानीय तह (नाम नखुलेका) १ महिला १ पुरुष, उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण