रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय
मङ्गलबार, २७ साउन २०७७, १८ : १३
काठमाडौं । सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै घाइतेहरुको उपचार गर्दा लागेको बील बमोजिमको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
अन्तरजातिय विवाहको विषयलाई लिएर भएको घटनामा भेरी नगरपालिका ९ जाजरकोटका नवराज वि.क., गणेश बुढामगर, लोकेन्द्र सुनार, संजिव वि.क., गोविन्द शाही, जाजरकोट इन्द्रबहादुर शाही, टिकाराम सुनारको ज्यान गएको थियो । उनीहरुको परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय भएको हो । यस्तै १२ जना घाइतेहरुको उपचार खर्चको बिलअनुसारको रकम उपलब्ध गराउने निर्णय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण