भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर
एजेन्सी । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई त्यसबेला सास फेर्न निकै सकस भएको थियो । उनको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकाउनका कारण दुबईमा रहेका छन् । सञ्जयको परिवार पनि क्यान्सर पीडित परिवारका रुपमा चिनिन्छ ।
उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो । सञ्जयलाई क्यान्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । श्रोतः दैनिक भाष्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण