बिहारमा एकै दिनमा करिब ४ हजार कोरोना सङ्क्रमित
बिहीबार, २९ साउन २०७७, २२ : ४०
एजेन्सी । विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । हालसम्म बिहारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख गुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ । भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण