गुल्मीमा एक पुरुषको शव फेला
शनिबार, ३१ साउन २०७७, १७ : ०२
गुल्मी । गुल्मीको अर्जैमा एक पुरुषको शव फेला परेको छ । हिजो बिहान करिव १० बजेको समयमा खेतमा कुलो लगाउन घरबाट हिँडेका मालिका गाउँपालिका वडा नम्वर ६ अर्जै पौवाका ५० बर्षीय ईस्वरीप्रसाद अर्याल अजैवेसी फाँटको कुलोमा मृतावस्थामा फेला परेका हुन् ।
अहिले सदरमुकाम तम्घासको जिल्ला अस्पतालको अर्यालेको शव पोष्मार्टम गरी पठाउन लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयवासी एवंम नेपाल कम्यु्निष्ट पार्टी (नेकपा ) का जिल्ला नेता शेषकान्त गौतमले कुलोमा शव फेला परेको तर कसरी मृत्यु भयो भन्ने कुरा खुल्न नसकेको बताए ।
मुखमा सामान्य चोट रहेको तर शरीरका अन्य भागमा कुनै चोट पटक नलागेको मृतकका आफन्त शेषकन्त लम्साललले बताए । मृतककी श्रीमति , तीन छोरीहरु र ५ बर्षीय छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण