विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
आइतबार, ३२ साउन २०७७, ०९ : ०७
मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो ।
सापकोटाका अनुसार फोक्सोको तथा थाइरोइडको समस्या रहेको थियो । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो ।
उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण