टीभीएसले नेपालमै पहिलो पटक लाइभ स्मार्टमार्फत बाइक लन्च गर्दै, सँगै हुनेछ यी कलाकारको प्रस्तुती
काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल कम्पनी टीभीएस मोटरको २ र ३ चक्के सवारीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७ मा स्मार्ट कनेक्ट र एबीएस सहितको आफ्नो २०० सीसीको नयाँ मोडल सार्वजनिक गर्दै छ ।
मोटरसाइकलमा भएका स्मार्ट सुविधा र महामारीको वर्तमान परिस्थितिलाई मध्यनजरमा राख्दै कम्पनीले उक्त मोटरसाइकल नेपालमै प्रथम पटक लाइभ स्मार्टमार्फत लन्च गर्न लागेको हो । सो कार्यक्रम जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजलगायत अन्य १०० भन्दा ज्यादा चर्चित फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।यो कार्यक्रम एउटा खुल्ला सहभागीतामूलक समारोह हुने कम्पनीले बताएको छ ।
जसमा कम्पनीले उपलब्ध गराउने लिंक (https://www.facebook.com/jmtvs/live)को माध्यमबाट इच्छुक व्यक्तिहरुले सहभागिता जनाउन पाउनेछन्।उक्त लाइभ स्मार्ट लन्च कार्यक्रममा नयाँ मोटरसाइकलको अनावरण राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गर्ने भएका छन्।
नयाँ मोटरसाइकल अनावरण बाहेक उक्त कार्यक्रममा चर्चित कलाकार स्वप्न सुमन, तृष्णा गुरुङ र समृद्धि राईले रोमाञ्चक सांगीतिक प्रस्तुति समेत प्रदान गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण