अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको क्षमता घटाइने
सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाका सेनाको वार्षिक संयुक्त सैन्य अभ्यास यसै साता शुरु हुँदैछ । दक्षिण कोरियाका सैन्य प्रमुखले कोरोनाभाइरसको संक्रमण फैलिएसँगै यस्तो सैन्य अभ्यासलाई कम्प्युटर–आधारित युद्ध अभ्यासमा सीमित गरिने बताएका छन् ।
यही मंगलबारदेखि आगामी अगस्ट २८ सम्म हुने यस सैन्य अभ्यासले पनि उत्तर कोरियालाई चिढ्याउने अनुमान गरिएको छ । उत्तर कोरियाले विगतदेखि नै दक्षिण कोरिया–अमेरिका सैन्य अभ्यासलाई आफ्नो मुलुकविरुद्धको अतिक्रमणका रुपमा व्याख्या गर्दै आएको छ ।
उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासलाई जारी राखिए हाल अबरुद्ध वार्तालाई पुनः शुरु नगर्ने चेतावनी दिँदै आएको छ । यो सैन्य अभ्यास निकै नाजूक स्थितिमा आयोजना गर्न लागिएको छ किनभने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियामा तैनाथ झण्डै २८ हजार ५०० अमेरिकी सैनिकको खर्च व्यवस्था गर्न दक्षिण कोरियामाथि दबाब दिइरहनु भएको छ । यी सैनिक खासगरी दक्षिण कोरियाको सुरक्षाका लागि तैनाथ गरिएको हो ।
दुबै मुलुकबीच लागत साझेदारी सम्बन्धमा वार्ताहरु भए पनि सन् २०१९ मै समाप्त भएको उक्त सम्झौतामा पुनः सहमति हुन सकेको छैन । पछिल्लो सैन्य अभ्यासमा कमान्ड पोस्ट तालिम आयोजना गरिनेछ जसअन्तर्गत विभिन्न युद्ध परिस्थितिका लागि दुबै मुलुकका सेनालाई तम्तयार राख्न कम्प्युटर आधारित तालिममा सहभागी गराइनेछ ।
दक्षिण कोरियाली सेना प्रमुखले तालिममा कति सैनिक सहभागी हुन्छन् भन्ने बारेमा केही बताएनन् । तर गत वर्षभन्दा निकै कम संख्यामा मात्र सैनिकहरुको सहभागिता रहनेछ । विगतमा दुबै मुलुकका दशौं हजार सैनिक सहभागी हुने प्रचलन थियो ।
यस वर्ष कोरोनाभाइरस महामारीका कारण अन्यत्रबाट आउने अमेरिकी सैनिकको संख्यामा पनि व्यापक कमी हुनेछ । दुबै मुलुकका सेनाको यसअघि हिउँदे मौसममा गर्ने नियमित सैन्य अभ्यास पनि स्थगित भएको थियो । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण