माछापुच्छ्रे बैंकले अडानमा आवद्व सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा दिने
काठमाडौं । नेपाल अडिटर्स एशोसिएसन (अडान) र माछापुच्छ्रे बैंक लिमिटेड बीच अडानमा आवद्ध आजीवन सदस्यहरुलाई बिना धितो प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारी पत्रअनुसार अडानमा आवद्ध रजिष्टर्ड अडिटर्स आजीवन सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको एक सय ५९ शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेशनल कर्जा, ओभरड्राफ्ट सुविधा, क्रेडिट कार्ड सुविधा एवं अन्य सुविधाहरु सहुलियत ब्याजदरमा प्रदान गर्ने भनिएको छ ।
यो सम्झौता पछि अडानका आजीवन सदस्यहरुले कोरोनाको माहामारीमा तरलताको समस्या र प्रोफेशनल एवं व्यक्तिगत आवश्यकताहरु केही हदसम्म समाधान गर्नको लागि बिनाधितोमा सहुलियतपूर्ण बैंङ्किङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु बिस्वस्त रहेको एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत नरेश खनालले जानकारी दिए ।
अडानले लेखाव्यबसायसँग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यबसायीहरुको हितका लागि बिभिन्न राष्टिय तथा अन्तर्राष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्ला कार्यसमिति र एक केन्द्रिय कार्य समिति रहेका छन् ।
उक्त समझदारी पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र नेपाल अडिटर्स एशोसिएसन (अडान)का अध्यक्ष मोहन राज रेग्मीले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण