बिस्फोटको घाउसँग जुधिरहेको लेबनानमा कोरोना कहर
मङ्गलबार, ०२ भदौ २०७७, ०६ : २२
गत अगस्ट चार तारिखमा भएको बिस्फोटपछि कोरोनाभाइसका संक्रमितमा तीब्र वृद्धिलाई मध्यनजर गर्दै लेबनानका कार्यवाहक स्वास्थ्यमन्त्री हमद हसनले बेरुतमा चार हप्ताको लकडाउनको घोषणा गरेका छन् ।
उनले भोइस अफ लेबनान रेडियोसँग भने, ‘आज हामीले देशमा लकडाउन लगाउने कडा निर्णय लिनु परिरहेको छ ।’
हमद हसनले लेबनानको एक पत्रिका ‘अन नाहर’ लाई भने, ‘दुई हप्ताको लकडाउनका बेला स्वास्थ्य सेवा भने जारी रहनेछन् ।’
बिस्फोटपछि बेरुतमा ६ हजारभन्दा बढी घाइते भएका छन् । यो बिस्फोटमा बेरुतका अस्पतालमा पनि अत्यधिक क्षती पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार लेबनानमा कोभिड–१९ का ४ सय ३९ नयाँ संक्रमित भेटिएको र ६ जनाको मृत्यु भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण