प्युठानमा च्याउ खाँदा दाजुभाईको मृत्यु , ३ जना बिरामी
बुटवल – प्यूठानमा विषालु च्याउ खाँदा दाजुभाइको मृत्यु भएको छ । एकै परिवारका तीन जना विरामी परेका छन् ।
जंगलमा पाइने विषालु च्याउ खाँदा नौवहिनी गाउँपालिका ६ ढाखोलाका १५ वर्षका सुरेश घर्ती र उनका भाइ १३ वर्षका सुगम घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्तिले जंगली बिषालु च्याउको तरकारी पकाई खादाँ झाडापखाला लागी घरका ५ जनाको परिवार सिकिस्त बिरामी भएको भएको थियो ।
बिरामीहरुलाई उपचारको लागी जिल्ला अस्पताल बिजुवार प्यूठान पठाएकोमा ५ जना परिवार मध्ये २ जनाको बाटोमै मृत्यु भएको र अन्य बिरामीहरुको जिल्ला अस्पताल बिजुवार प्यूठान उपचार हँुदै जिल्ला प्रहरी कार्या प्युठानले जनाएको छ ।
प्यूठान नौबहिनी गा.पा.६ ढाखोला बस्ने बर्ष ३५ को बिष्णु घर्ति ,उनकी श्रीमती बर्ष ३४ कि लिला घर्ति र छोरा बर्ष १६ को शसि घर्तिको उपचार हुदै गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण