पोखरामा कोरोना संक्रमणबाट ८७ वर्षीय वृद्धको मृत्यु
मङ्गलबार, ०२ भदौ २०७७, ११ : ३४
पोखरा - पोखरामा कोरोना संक्रमित ८७ वर्षिय वृद्धको मृत्यु भएको छ ।
साउन ३२ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पतालको इमर्जेन्सी विभागमा भर्ना भएका थिए ।
पोखरा महानगरपालिका वडा नम्बर १६ निवासी मृतक पुरुषमा उच्च ज्वरो पनि थियो ।
कोरोना संक्रमणको आशंकापछि उनको स्वाब जाँच्दा हिजो मात्रै उनलाई कोरोना पुष्टि भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचाररत वृद्धको बिहान करिब ११ बजेतिर मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनको अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ ।
यस्तै, कास्की सेवा अस्पतालमा उपचाररत एक महिला पनि कोरोना संक्रमणबाट मृत्यु भएको उनले जानकारी दिए । उनको मृत्यु पछि कोरोना पोजेटिभ आएको थियो । उनको पनि अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण