चिनियाँ कम्पनीको दाबीः यो वर्षको अन्त्यसम्म आउनेछ कोरोनाको भ्याक्सिन
चीनको एक फर्मा कम्पनी सिनोफार्मले यो वर्षको अन्त्यसम्म उसले कोरोना भाइरसको भ्याक्सिन बनाउने घोषणा गरेको छ ।
सिनोफार्ममा अध्यक्ष लिउ जिगझेनले मिडियासँगको कुराकानीमा भ्याक्सिनको तेस्रो चरणको ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको र यो डिसेम्बरसम्म बजारमा आउने आशा गरिएको जानकारी दिए ।
भ्याक्सिनको ट्रायलको रुपमा लिउ जिंगझेनले आफैंले यसको डोज लिएका छन् । उनले ग्लोबल टाइम्ससँगको कुराकानीमा हालसम्म उनले कुनै पनि साइड इफेक्ट महसुस नगरेको बताएका छन् ।
चीनको बेइजिङ र उहान शहरमा यस्ता वर्कशप छन् जहाँ एक वर्षमा क्रमशः १०.२ करोड र १० करोड भ्याक्सिनको उत्पादन हुनसक्छ । यो भ्याक्सिनको दुई डोजको मूल्य हजार युआन अर्थात् करिब १७ हजार रुपैयाँ हुनेछ ।
चीनमा भ्याक्सिनको मूल्यको विषयमा कतिले चिन्तासमेत व्यक्त गरेका छन् । चिनियाँ सोसल मिडिया साइट सिना विबोमा धेरै मानिसहरुले ग्रामीण इलाकामा बस्नेहरुका लागि यो निकै महँगो हुने र खोप लगाउन नसक्ने बताएका छन् ।
यद्यपि, जुन आँकडा सार्वजनिक भइरहेका छन् त्यस अनुसार चीनमा घरेलु संक्रमण अब छैनन् । यहाँ बाहिरबाट आएका मानिसहरुमा कोरोना संक्रमणको लक्षण देखिएको छ, यस्तोमा ग्रामीण इलाकासम्म संक्रमण पुग्ने सम्भावना कम भएको धेरैले अनुमान लगाएका छन् ।
हाल संसारभरी करिब २ सय कोरोना भ्याक्सिनको ट्रायल चलिरहेको र २० भन्दा बढी भ्याक्सिन ह्यूमन ट्रायलका लागि तयार हुने स्तरमा छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण