कर्णाली नदीको तटबन्ध भत्कियोः राजापुर उच्च जोखिममा
बाँके । कर्णाली नदी व्यवस्थापन आयोजनाअन्तर्गत निर्माण भएको तटबन्ध दुई वर्ष नबित्दै नदीले भत्काएको छ । दुई सय मिटर लामो तटबन्ध भत्काएपछि बर्दियाको राजापुर नगरपालिकालगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा परेका छन् ।
राजापुरमा बाढी र कटान रोक्न आर्थिक वर्ष २०७२/०७३ मा करिब ८ सय मिटर लामो तटबन्ध रु ६ करोड ८६ लाख ४० हजारको लागतमा निर्माण भएको थियो । तीमध्ये २ सय मिटरभन्दा बढी तटबन्ध नदीले भत्काएको छ ।
सरकारको प्राथमिकतामा परेको कर्णाली आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै भत्किएको स्थानीयवासीको गुनासो छ । तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको स्थानीयवासीले बताएका छन् । तटबन्ध बगाएको ठाउँबाट करिब तीन सय मिटर परसम्म कटान भइरहेको बताइएको छ । कटान रोकिएन भने सिङ्गो राजापुर बजार उच्च जोखिममा पर्ने देखिएको छ ।’
कर्णाली नदीको बाढीले २०७० सालमा बर्दियाको राजापुर क्षेत्र डुबानमा परेको थियो । त्यसपछि २०७१ सालमा कर्णाली नदी व्यवस्थापन आयोजना स्थापना गरी नदी नियन्त्रणको काम भइरहेको छ । नदी कटान रोक्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । आव ०७१/०७२ मा पाँच वर्षभित्रमा करिब ७३ किमी तटबन्ध गर्ने लक्ष्यका साथ आयोजनाले काम शुरु गरेको थियो । हालसम्म करिब १७ किमी तटबन्धको काम सम्पन्न भएको छ ।
केही दिनदेखि भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव उच्च भएपछि तीव्र रुपमा कटान भइरहेको छ । कटानका कारण नदीको बाढी बस्तीमा पस्ने डरले स्थानीयवासी रातभर जागराम बस्दै आएका छन् । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा अस्थायी रुपमा तटबन्ध बनाउन व्यस्त छन् ।
आयोजना र निर्माण कम्पनीकै कारण राजापुर कटान र बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण