रौतहटबाट ओखलढुंगा गएकी १५ वर्षीया बालिकामा कोरोना देखियो
ओखलढुंगा । ओखलढुंगामा एकजना कोरोना संक्रमित थपिएका छन् । बुधबार जिल्लाको खिजीदेम्बा गाउँपालिकाका १५ वर्षीय बालिकामा कोरोना संक्रमण पुष्टी भएको हो । गत असार २६ गते रौतहट जिल्लाबाट आएर गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएकी बालिकामा कोरोना देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका उनीसहित १० जनाको गत असार ३० गते थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागी पठाइएकोमा ती बालिकामा मात्रै कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना देखिएका बालिकासहित उनका परिवारका सदस्यलाई समेत छुट्टै आसोलेसनमा राख्ने तयारी गरिएको छ । कोरोना देखिएका बालिकालाई उपचारका लागी जिल्ला अस्पताल रुम्जाटारको आईसोलेसनमा ल्याईदै छ । ती बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको तिवारीको भनाई छ ।
संक्रमित बालिलकाका बुबा नेपाल प्रहरीमा कार्यरत भएको र बुबाको सरुवा भएसँगै रौतहटबाट परिवार नै खिजिदेम्बा आएको बुझिएको छ । उनीहरु बारा जिल्लाको फेटा गाउँपालिकाका स्थायी बासिन्दा रहेको जनाइएको छ । योसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ पुगेको छ । जिल्लामा यसअघि कोरोना देखिएका १५ भारतीय नागरिकसहित २२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण