माल्दिभ्समा कोभिडका संक्रमित ६ हजार नाघे
एजेन्सी । माल्दिभ्समा पनि कोभिड-१९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका हुन् ।
सो समाचारअनुसार यहाँ कोरोना सङ्क्रमणबाट मारिने व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र १७० जनामा सङ्क्रमण भएको पाइएको थियो ।
स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ सङ्क्रमण हुने व्यक्तिको संख्या ६ हजार ७९ पुगेको छ । यहाँका सङ्क्रमितमध्ये ३ हजार ४८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ४०१ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण