ओलीलाई भेटेर प्रचण्डले भने– पछिल्ला नियुक्ति खारेज गर्नुस्
काठमाडौं । पार्टीभित्रको समस्या समाधान गर्न कार्यदल गठन गरी त्यसले प्रतिवेदन तयार पारिरहेका बेला धमाधम राजनीतिक नियुक्ति हुन थालेपछि सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति पुनः असन्तुष्टि जनाएका छन् ।
प्रचण्डले समग्र समस्या समाधानका लागि कार्यदलले काम गरिरहेका बेला सरकारले भने धमाधम नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि जनाएका हुन् ।
बिहीबार बालुवाटार पुगेका प्रचण्डले भेटमा पछिल्ला नियुक्तिप्रति असन्तुष्टि जनाउँदै ती नियुक्ति तत्काल खारेज गर्न सुझाव पनि दिएका हुन् ।
‘यसले बन्दै गएको वातावरण बिग्रन्छ र राम्रो संकेत पनि गर्दैन । कार्यदलका काम समेत प्रभावित हुन सक्ने भएकाले पछिल्ला नियुक्ति खारेज गर्नु राम्रो हुन्छ,’ओलीसँगको भेटमा प्रचण्डले भनेका थिए, ‘कार्यदलले काम गरिरहेका बेला हतारमा नियुक्ति गर्न जरुरी थिएन । त्यसैले सच्चाउनुस् ।’
यसअघि सोमबारको मन्त्रिपरिषदले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
ती नियुक्तिमा प्रचण्डले असन्तुष्टि जनाएका हुन् । भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । दाहालले शुक्रबार कार्यदल गठनपछि मन्त्रिपरिषदबाट अन्य केही नियुक्तिहरु समेत भएको आंशका गरेका छन् ।
बुधबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले दाहाललाई भेटेर कार्यदल गठनपछिका नियुक्ति खारेजीका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्न सुझाव दिएका थिए । सोही अनुसार प्रचण्ड बिहीबार ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रचण्डसँगको भेटवार्तापछि ओलीले बिहीबारै कार्यदलका सदस्यहरुलाई बालुवाटारमै बोलाएर परामर्श गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण