सार्वजनिक यातायातमा डिजिटल भुक्तानी सेवा सुरु गर्न सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्स्ले गरे सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले भदौ ३ गते सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ ३६० ट्रान्सपोर्ट सोलुसन्स्सँग व्यावसायिक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबंधक सुरेश राज महर्जन र ३६० ट्रान्सपोर्ट सोलुसन्स्का प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौतापश्चात् ३६०ट्रान्सपोर्ट सोलुसन्स्अन्तर्गत सञ्चालनमा रहेको यातायातको साधनमा निकट भविष्यमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरि पीओएसमार्फत आफ्नो बस भाडा भुक्तानी गर्न सक्नेछन् ।
प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाहरुबाट खरिद र लोड गर्न सकिनेछ ।
बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटाइजेसनको तर्फ क्रेन्द्रित रहेको र यस सेवाबाट नगद रहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुहरुले केहि हदसम्म भए पनि बस भाडाका लागि खुद्रा बोक्नुपर्ने झन्जट नरहने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण