उत्तरकोरियामा किम यो जोङ थप शक्तिशाली
एजेन्सी । उत्तरकोरियाली सर्वोच्च नेता किम जोङ उनले बहिनी किम यो जोङलाई थप शक्तिशाली बनाएका छन् । नेता किमले बहिनी जोङलाई पछिल्ला दिन थप अधिकार दिएको जनाइएको छ । दक्षिण कोरियाको गुप्तचर संस्थालाई उदृत गर्दै बीबीसीले जनाएअनुसार नेता किमले थप अधिकार दिएसँगै अब किम योले राष्ट्रका सबै मामिलाहरु हेर्न सक्ने बाटो खुलेको छ ।
यद्यपि, दक्षिण कोरियाली गुप्तचर संस्थाले बाहिर ल्याएका रिपोर्टहरु गलत हुने गरेका टिप्पणीहरु पनि भैरहेका छन् । गुप्तचर संस्थाको यो दाबीपछि बिहीबार दक्षिण कोरियाको राष्ट्रियसभामा यस विषयमा छलफल समेत भएको थियो ।
उक्त छलफलपछि विधानसभा सदस्यहरुले पत्रकारहरुसँग छलफल गरेका थिए । गुप्तचर एजेन्सीको रिपोर्टमा भनिएको छ– ‘किम जोङ उनसँग अझै पूर्ण शक्ति छ, तर विस्तारै केही शक्ति हस्तान्तरण पनि गर्र्दैछन् ।’ किमकी बहिनी किम यो अहिले त्यहाँको दोश्रो शक्तिशाली नेता हुन् ।
जसलाई संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका लागि नीतिसहित अन्य नीति सम्बन्धी मामिला हेर्नका लागि नियुक्त गरिएको छ । तर अहिले नै उनलाई किम जोङ उनको उत्तराधिकारीका रुपमा भने छानिएको छैन । गुप्तचर एजेन्सीका अनुसार किम जोङ उनले आफ्नो शासनकालमा आउने दबाब कम गर्नका लागि यो कदम चालेका हुन् । साथै उनी नीतिगत रुपमा आफुलाई असफल भएको हेर्न पनि चाहाँदैनन् । सन् १९८७ मा जन्मिएकी यो जोङ किम जोङ उनभन्दा ४ वर्ष कान्छी हुन् । दुबैजनाले स्वीट्जरलइान्डको बर्नमा अध्ययन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण