ब्राजिलको संसदमा चलेन राष्ट्रपतिको मास्क विरोध
ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले ब्राजिलको संसदमा त्यतिबेला हार व्यवहोर्नुपर्यो जतिबेला प्रतिनिधिले स्कूल, प्रार्थना स्थल र कारोबार स्थलमा मास्क लगाउने निर्णयमाथि उनको भिटोलाई अस्विकार गरे ।
ब्राजिलको संसदले जुलाईमा एक प्रस्ताव पारित गरेको थियो जस अनुसार बन्द स्थानमा पनि फेस मास्कको प्रयोग अनिवार्य गरिएको थियो ।
तर बोलसोनारोले यस्तो प्रस्तावले मानिसहरुलाई घरमा पनि मास्क लगाउन बाध्य गरिदिने भन्दै यसको विरोध गरेका थिए । उनले संसदको प्रस्तावमाथि भिटो लगाउँदै कोरोनाबाट बच्नका लागि मास्क प्रभावकारी नभएको दाबी गरेका थिए ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले थुप्रै पटक मास्कको प्रयोगले संक्रमण रोक्न र मानिसहरुको जीवन बचाउन मद्दत गर्ने बताइरहेको छ ।
बोलासोनारो मास्कको प्रयोगका आलोचक हुन् र जुलाई महिनामा कोरोना पोजेटिभ भएपछि पत्रकारसँग कुरा गर्दा पनि उनले आफ्नो मास्क हटाएका थिए ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण