मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महामारी नियन्त्रण गर्न प्रशासनिक सुधारको आवश्यकता छः मुख्यमन्त्री राउत

शुक्रबार, ०५ भदौ २०७७, १६ : ३४
शुक्रबार, ०५ भदौ २०७७

धनुषा ।  प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रण तथा रोकथामका का लागि प्रदेशभित्र प्रशासनिक सुधारको आवश्यक्ता रहेको बताएका छन् । मुख्यमन्त्री राउतले सर्वसाधारणलाई सहज तरिकाले उपचार उपलब्ध गराउनका लागि पनि त्यो आवश्यक रहेका बताए । उनले कोरोना नियन्त्रणका लागि आफूहरुले प्रयास गरेपनि कतिपय ठाउँमा त्रुटिहरु भएको स्वीकारे । 

मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साहसँग भेटघाट गर्न पुगेको एक टोलीसँगको छलफलका क्रममा उनले भने– कोरोना संक्रमण न्यूनीकरण गर्न स्वाब परीक्षण बढाउनतर्फ हामी लागि परेका छौं, चाँडै प्रदेशको ८ वटै जिल्लामा पीसीआर मेसिन जडान हुनेछ ।’

सुरुमा प्राविधिक कारण मेसिन खरिद गर्न ढिलाइ भएको भन्दै मुख्यमन्त्री राउतले गुणस्तरीय मेसिन खरिद गर्न सामाजिक विकास मन्त्री साहलाई तत्कालै निर्देशन समेत दिए । मुख्यमन्त्री राउतले प्रादेशिक अस्पतालको मेसुको काम गर्ने शैलीबाट आफू सन्तुष्ट नरहेको बताए । प्रादेशिक अस्पताल जनकपुरका मेसु नागेन्द्र यादवप्रति संकेत गर्दै उनले भने– उहाँको काम गर्ने शैली ठीक लागेन, मैले पटक–पटक कार्यशैली र अस्पतालमा उपचारप्रति गम्भिरता हुन पटक–पटक भन्दा पनि वास्ता नगरेकाले उहाँको विकल्प खोज्ने बेला आएको छ ।’

प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादवले कोरोना महामारीमा उपचार नपाएर नागरिकहरुको मृत्यु भइरहँदा, प्रदेश सरकारले विभिन्न निर्णयहरु गर्दा समेत कार्यान्वयन नभएको र भ्रष्टाचारमा चुर्लुम्म डुब्दा पनि केहि गर्न नसकेको आरोप लगाए । उनले कोरोना महामारीमा प्रदेश सरकारको नीति र व्यवहारिक कार्यान्वयन पक्ष समेत स्पष्ट गर्न आग्रह गरे ।

त्यस्तै तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले अस्पतालमा काम गर्ने मेसुको व्यहावर नै ठिक नभएको भन्दै कारबाही गर्न माग गरे । सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना संक्रमित र संक्रमण नरहेका बिमारीको उपचारका लागि सरकारले व्यवस्था गर्न लागेको मन्त्री बताए । उनले भने– ‘हामी जानकी मेडिकल कलेजसँग सम्झौता गरिरहेका छौं, सम्झौता भइसकेपछि कोरोना संक्रमितको उपचार प्रादेशिक अस्पताल जनकपुर र संक्रमण नरहेका अन्य बिरामीहरुको उपचार जानकी मेडिकल कलेजमा हुनेछ । सकभर आजै सम्झौता हुनेछ ।’

सो टोलीमा सहभागी तत्कालीन जनकपुर अञ्चल अस्पतालका मेसु एवं वरिष्ठ फिजिसियन डा.गौरांग मिश्रले प्रदेशमा कोरोना नियन्त्रण र रोकथाम गर्न जाँचको दायरा बढाउनुका साथै चाँडै नतिजा आउने गरी पीसीआर मेसिनको व्यवस्था गर्न मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई आग्रह गरे ।

मुख्यमन्त्री राउत र सामाजिक विकासमन्त्री साहसँग भेटघाट गर्न पुगेको सो टोलीमा नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगरका नगर सभापति मनोज साह, स्कुल अफ डेमोक्रेसीका निर्मल चौधरी, जिवनाथ चौधरी, दीपक ठाकुर, शोभाकान्त पाण्डेय लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप