खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु
शनिबार, ०६ भदौ २०७७, १३ : १९
राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो ।
खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिए । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उनले बताए ।
चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ ।
बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण