पञ्चमी नुहाउन गएकी २४ वर्षीय महिलाको खोलाले बगाएर मृत्यु
आइतबार, ०७ भदौ २०७७, १३ : १०
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले जानकारी दिइ । कालीमाटी र नागीका बीचबाट बगेर मर्दीमा कस्युङ खोला मिसिएको छ ।
खोलाले बगाएपछि स्थानीयवासीले खोजतलासका क्रममा गौतमको शव घटनास्थलबाट अन्दाजी एक ७०० मिटर तल नदी किनारमा फेला पारेका थिए । घटनालगत्तै प्रहरीचौकी घाचोकबाट प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखरा–२४ कास्कीकोट माइती भएकी गर्भवती उनकी साढे दुई वर्षकी छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची