अमेरिकी राष्ट्रपति ट्रम्पको आफ्नै दिदीद्वारा तिखो आलोचना
एजेन्सी । अमेरिकी राष्ट्रपति डोजाल्ड ट्रम्पकी जेठी दिदी मेरिन ट्रम्प ब्यारीले आफ्नो भाई (डोनाल्ड) को तिखो आलोचना गरेकी छिन् । पूर्व संघीय न्यायाधीश समेत रहेकी ब्यारीले भाई डोनाल्ड ट्रम्पको कुनै सिद्धान्त नभएको समेत दाबी गरेकी छिन् । उनको आलोचनात्मक अभिव्यक्ति उनका आफ्नै भतिजी मेरी ट्रम्पले गोप्य रुपमा रेकर्ड गरेको खुलेको छ । सो रेकर्ड ट्रम्पका दिवंगत भैसकेका भाई रबर्ट ट्रम्पको श्रद्धाञ्जलीसभाको एकदिन पछि बाहिरिएको हो ।
स्मरणरहोस्, मोरीको पुस्तक ‘टु मच एण्ड नेवर इन्फः हाउ माई फ्यामेली क्रिएटेड अफ द वल्र्ड मोस्ट डेन्जरस् म्यान’ बजारमा आएको छ । यस पुस्तक ट्रम्प परिवारसँग सम्बन्धित केही आन्तारिक कलहका प्रसंगहरु समेत उल्लेख छ । मेरी ट्रम्पले शनिबार भनिन् कि उनले ब्यारीले बोलेको उक्त रेकर्ड सन् २०१८ र २०१९ को बीचमा गरेकी थिइन् ।
८३ वर्षीया ब्यारीले आफ्नो भाईले सन् २०१८ मा फक्स न्युजलाई दिएको एउटा अन्तरवार्ता सुनेको र उक्त अन्तरवार्तामा आफुलाई आप्रवासी बाबुआमाबाट ती बालबालिकाहरुलाई अलग गर्ने मुद्धा सुन्न पठाउनुपर्ने धारणा राखेको आरोप समेत लगाइन् । उनले भनिन्, यदि तपाई धार्मिक व्यक्ति हुनुहुन्छ र मानिसहरुलाई सहयोग गर्न चाहानुहुन्छ भने त्यो काम गर्न सक्नुहुन्न् ।’
त्यस्तै ब्यारीले उक्त रेकर्डमा भनेकी छिन् कि भाई डोनाल्डले आप्रवासी मामिलासम्बन्धी धारणा जान्न वा अध्ययन गर्न कहिल्यै वास्ता गरेनन् । सबैभन्दा पहिले यो रेकर्ड वासिङ्टन पोष्टमा प्रकाशित भएको थियो । यद्यपि, रेकर्डहरुलाई उतारिएर प्रकशित सो पुस्तकमा भने श्रोतहरुको उल्लेख नगरिएकोले प्रश्न समेत उठिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण