सिंहदरबारको पुननिर्माण यसै वर्ष सकिने
काठमाडौँ – भूकम्पले क्षतिग्रस्त मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रशासनिक भवनका तीनवटा मोहडाको प्रबलीकरण सम्पन्न भएको छ । भवनको उत्तरी, पूर्वी र दक्षिणी मोहडा प्रबलीकरण सम्पन्न भएको हो । ती मोहडामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने गरेको थियो । भवनको पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ भने बाँकी काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुनेछ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिंहदरबारको मुख्य प्रशासनिक भवनको पुनर्निर्माण तीन चरणमा भइरहेको जानकारी दिए । भवनको चार मोहडामध्ये उत्तरी, पूर्वी र दक्षिणी मोहडाको प्रबलीकरण सम्पन्न भइसकेको छ, उनले भने, पश्चिमी मोहडाको पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न भएकोे छ ।
वि.सं. २०३० मा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो । पहिलो चरणअन्तर्गत उत्तरी, पूर्वी र दक्षिणी मोहडा, दोस्रो चरणअन्तर्गत पश्चिमी मोहडा र तेस्रो चरणअन्तर्गत विद्युतीकरण, आधुनिक फर्निचर, डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरणको जडान, बगैँचा निर्माणलगायतको कार्य गरिने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण