के आलिया भट्टसँग तर्किन थाले फिल्म निर्माता ?
सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले भरिए र उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नपोटिजमका शिकार भएका छन् ।
ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ।
आलियासँग रिसाउनुको अर्को कारण यो पनि हो कि रिया चक्रवर्ती र आलियाका पिता महेश भट्ट एक–अर्कालाई राम्रोसँग चिन्छन् र रिया लगातार महेश भट्टसँग सल्लाह लिइरहन्छिन् । यी दुईको ह्वाट्सएप च्याट पनि निकै भाइरल भइरहेको छ ।
यतिबेला रियामाथि विभिन्न नकारात्मक टिप्पणी भइरहेको छ । तसर्थ महेश भट्टको आगामी फिल्म ‘सडक टु’ को ट्रेलरले युट्युबमा बेस्सरी डिस्लाइक पाएको छ जसमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।
आलिया भट्ट पनि निशानामा छिन् र उनले पनि सोसल मिडियामा अत्यधिक नकारात्मक टिप्पणीको सामना गर्नुपरिरहेको छ । भारतीय मिडियामा प्रकाशित सामाचार अनुसार उनलाई लिएर फिल्म बनाउने योजना बुनिरहेका निर्माता–निर्देशक पनि अब आफ्नो निर्णयमाथि नयाँ ढङ्गले विचार गरिरहेका छन् ।
आमा–बुवामार्फत् बलिउडमा प्रवेश भएका कलाकार र निर्देशकलाई बोयकट गर्ने कुरा लगातार उठिरहेका बेला करोडौं रकम जोखिममा नपार्न निर्माता–निर्देशकले विचार गरिरहेको बताइएको छ ।
आलियाको ब्रह्मास्त्र र गंगूबाई काठियावाड रिलिज हुने तयारीमा छ । यसबाहेक सडक टु ओटीटी प्लेटफर्ममा २८ अगस्टमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण