भैरहवाको भिम अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवल – रुपन्देहीमा कोरोना संक्रमित एकजना विरामीको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँंपालिकाका–३ का ५५ वर्षिय पुरुषको गए राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
उनी एक हप्ताअघि बुटवलमा घर निमार्ण गर्ने क्रममा लडेर घाईते भएका थिए । लडेर गम्भीर घाइते भई युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले रातोपाटीलाई बताए ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्ने क्रममा उनको पीसीआर परीक्षण गर्दा ४ दिन अघि कोरोना पोजेटिभ देखिएको आफन्तले बताएका छन् ।
कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएकाले उनलाई भीम अस्पतालमा ल्याएर भर्ना गरिएकोमा सोमबार राति मृत्यु भएको अस्पताले हो ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ । बुटवलको देवीनगरमा घर बनाउदै गर्दा दुई तलाबाट लडेर घाईते भएका हुन् । बुटवलवाट भैरहवा पठाएपछि उपचार गर्दा गर्दे मृत्यु भएको अघिकृत घिमेरेले बताए ।
गैहवाहा ३ ढेउठनियाँ बस्ने मृत्तकको आफन्तहरु १८ जनालाई होम आइसोलेसनमा राखिएको छ । भने दुई जना कुरुवाको अहिले पिसिआर टेस्टको लागि प्रक्रिया अगाडि बढाइएको छ । शव व्यवस्थानका लागि सेनाले जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण