शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

मङ्गलबार, ०९ भदौ २०७७, १३ : २१
मङ्गलबार, ०९ भदौ २०७७

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले आजदेखि केही युरोपेली देशहरुको भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानले सोमबार सो कुराको जानकारी दिएका हुन् ।

उनले दिएको जानकारीअनुसार विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेका हुन् । उनी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमणमा रहनुहुने जानकारी प्रवक्ता जाओले दिएका हुन्। –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप