दुर्घटनामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
मङ्गलबार, ०९ भदौ २०७७, १६ : २९

सर्लाही । सर्लाहीमा एक सशस्त्र प्रहरीका हवल्दारको दुर्घटनाबाट मृत्यु भएको छ । सर्लाही रामनगर गाउँपालिका वडा नम्बर ७ स्थित मधुवनी बरहथवा सडक खण्डमा बरहथवातर्फ जाँदै गरेको प्र.२–०३–००२ प ५२१० नम्बरको मोटरसाइकललाई विपरित दिशा तर्फबाट आउँदै गरेको एक ट्रयाक्टरले ठक्कर दिँदा सशस्त्र प्रहरीका सहायक हवल्दार दिलिप चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ।
बलरा नगरपालिकास्थित बिओपी छतौनामा कार्यरत सशस्त्र सहायक प्रहरी हवल्दार हरिपुर वडा नम्बर ८ का ३० वर्षीय दिलीपकुमार चौधरीको ठक्करबाट मृत्यु भएको सर्लाहीका प्रहरी निरिक्षक राजुप्रसाद कुर्मीले जानकारी दिए । यता मंगलबार मोटरसाइकललाई ठक्कर दिने ट्रयाक्टर चालक बलरा नगरपालिका वडा नम्बर ९ बस्ने १६ वर्षीय रञ्जन चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
सन्दीप चम्किँदा नेपाललाई सामान्य लक्ष्य
-
यात्रुहरू समस्यामा परेपछि महानगर यातायात प्रालि पत्रकार सम्मेलन गर्दै
-
स्याङ्जामा रास्वपाका नेतामाथि आक्रमण, दुई जना घाइते
-
सुदूरपश्चिमको खेलकुद बजेट नारामै सीमित
-
धरानमा प्रमुख–उपप्रमुख द्वन्द्व के हो ?