कोमामा गएको दाबीबीच किम जोङ उन पार्टीको बैठकमा सहभागी
उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यबारे पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । पछिल्लो पटक उनी कोमामा गएको दाबीसहितको समाचार प्रकाशित भएको थियो ।
बीबीसीका अनुसार यो हल्लाकाबीच किम जोङ पार्टीको बैठकमा सहभागी भएका छन् ।
राज्य सञ्चालित मिडियाका अनुसार मंगलबार आयोजना भएको पार्टीको पोलिटब्यूरो बैठकमा किमले चुरोट पिउँदै भने, ‘‘घातक भाइरस’ लाई देशमा प्रवेश गर्न नदिन राज्यको प्रयासमा केही कमीकमजोरीहरु थिए ।’
प्योङ्याङले पछिल्लो लामो समयदेखि आफ्नो देशमा एकजना पनि संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, उत्तर कोरियाको यस्तो दाबीलाई धेरैले शंकाले दृष्टिले हेरिरहेका छन् ।
यसका साथै किमले तुफानका कारण जनजीवनमा समस्या हुनसक्ने भन्दै सचेत रहन पनि आग्रह गरेका छन् ।
उत्तर कोरियामा यो हप्ताको अन्त्यतिर समुद्री आँधी बाभीले जनजीवन प्रभावित पार्नसक्ने पूर्वानुमान गरिएको छ ।
दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञ चाङ्ग सोङ्–मिनले किम जोङ कोमामा रहेको र उनको जीवन अन्त्य भने नरहेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
