रिलायन्स लाइफको प्रारम्भिक शेयर निष्काशनमा इतिहासकै सर्वाधिक आवेदन
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गते देखि भदौ ८ गतेसम्म सर्वसाधारणमा प्ररम्भिक निष्काशनमार्फत सर्वसाधारणमा जारी गरेको एक सय अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा सर्वाधिक आवेदन परेको छ ।
कम्पनीको एक सय अंकित दरका ६३ लाख कित्ता साधारण शेयरमा इच्छुक करिब ६ लाख नौं हजार लगानीकर्ताहरुबाट नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भई निष्काशन गरेको धितोपत्रको ३.८५ गुणाका लागि आवेदन पर्न गएको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ भने शेयर प्रत्याभूतिकर्ता प्रभु क्यापिटल रहेको छ ।
नेपालको पुँजी बजारकै इतिहासमा प्रारम्भिक शेयर निष्काशनमा सर्वाधिक आवेदन प्राप्त भएपश्चात कम्पनीले बीमा समिति, नेपालधितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक– सानिमा क्यापिटल, शेयर प्रत्याभूतिकर्ता–प्रभु क्यापिटल, मिडियाहाउसहरु, कम्पनीको संचालक समिति, संस्थापकहरु, कम्पनीका कर्मचारी, रिलायन्स साथी (अभिकर्ता), ग्राहक तथा शुभचिन्तकहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण