अफगानिस्तानमा १० तालिबान लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् । सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकू्लक्षित सो कारबाही गएराति भएको बताइएको छ ।
अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।उक्त विज्ञप्तिका अनुसार सो हवाई कारबाही त्यहाँको एक धार्मिक विद्यालयमा गरिएको थियो । उक्त स्थानमा तालिबानहरु रहेको सूचनाको आधारमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।
सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाइले पनि बुधबार सो जानकारी दिए । उक्त क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । मंगलबार राति भएको यस हवाई कारबाहीमा परी १० तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतंककारी समूहले यस आक्रमणको विरोध गरेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै
-
सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशामा स्थानीय दंग
-
गृहमन्त्री लेखक र भाजपा नेता कोशियारीबिच भेटवार्ता
-
मन्त्रिपरिषद् बैठक : गभर्नरबारे प्रस्ताव नै गएन