अफगानिस्तानमा १० तालिबान लडाकू मारिए
एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त बागलानको शाह वालिकोट जिल्लामा अफगान सेनाले गरेको हावाइ कारबाहीमा परी १० जना तालिबान मारिएका छन् । सो क्षेत्रमा लुकेर बसेका तालिबान लडाकू्लक्षित सो कारबाही गएराति भएको बताइएको छ ।
अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानहरुको संगठनले बुधबार बिहान एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।उक्त विज्ञप्तिका अनुसार सो हवाई कारबाही त्यहाँको एक धार्मिक विद्यालयमा गरिएको थियो । उक्त स्थानमा तालिबानहरु रहेको सूचनाको आधारमा कम्तीमा १३ तालिबान लडाकू मारिएका छन् ।
सो प्रान्तका प्रहरी प्रवक्ता जमाल बारिक्जाइले पनि बुधबार सो जानकारी दिए । उक्त क्षेत्रमा लुकेर बसेका तालिबान लडाकूलक्षित सो आक्रमण भएको थियो । मंगलबार राति भएको यस हवाई कारबाहीमा परी १० तालिबान लडाकू मारिनुका साथै अन्य एक घाइते भएका थिए । तालिबान आतंककारी समूहले यस आक्रमणको विरोध गरेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण