एभरेष्ट बैंकका ग्राहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा पीसीआर परिक्षण गर्दा १० प्रतिशत छुट पाउने
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पीसीआर परीक्षणको लागि कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीसँग सहकार्य गरेको छ ।
हाल कोविड( १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५५०० मा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
नगद करोबारमा पनि कोविड(१९ को जोखीम भएको हुँदा ग्राहकहरुले एभरेष्ट बैंकको मोबाइल बैङ्किङ एप (EBL Touch 24) प्रयोग गरेर पनि कोविड(१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सी.डी.एलबीचको सहकार्य बैंकका नायब(महाप्रबन्धक, डा.सन्धीर कुमार र सीडीएल प्रयोगशालाका कार्यकारी निर्देशक मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण