भ्याक्सिनमा क्यानडा र चीनको साझेदारी समाप्त, के तनावपूर्ण सम्बन्धका कारण यस्तो भयो ?
बिहिबार क्यानडाका विदेशमन्त्री फ्रान्स्वा फिलिप शान्पानिएले दुई देशबीच कूटनीतिक स्तरमा तनाव भएता पनि कोरोनाभाइरसको भ्याक्सिन बनाइरहेको चिनियाँ कम्पनी क्यानसिनो बायोलोजिक्स र क्यानडाको नेशनल रिसर्च काउन्सिलबीचको साझेदारी टुट्नुसँग यसको कुनै नाता नभएको बताएका छन् ।
मंगलबार रोममा शान्पानिएले चिनियाँ विदेशमन्त्री वांग यीसँग भेटघाट गरेका थिए । ९० मिनेटसम्म चलेको यो भेटघाटमा क्यानाडेली विदेशमन्त्रीले चीनमा हिरासतमा राखिएको आफ्ना दुई नागरिकलाई छोड्न भनेका थिए ।
क्यानडा सरकारको तर्फबाट जारी गरिएको बयानमा दुई देशबीच कोरोनाको सम्भावित भ्याक्सिनको विषयमा पनि चर्चा भएको बताइएको छ ।
यो भेटघाटको अघिल्लो दिनमात्रै क्यानडाको नेशनल रिसर्च काउन्सिलले चिनियाँ कम्पनी क्यानसिनोसँग सम्झौता रद्द भएको घोषणा गरेको थियो ।
काउन्सिलले कम्पनीमा अथोरिटी नभएका कारण आफूहरु हालका लागि भ्याक्सिन पठाउन असफल भएको बताएको थियो ।
चीन र क्यानडाबीचको सम्बन्ध डिसेम्बर सन् २०१८ मा त्यतिबेला बिग्रन सुरु भएको थियो जब चिनियाँ कम्पनी ह्वावेकी चीफ फाइनेन्सियल अधिकारी मेंग वांन्गजूलाई क्यानडाको प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि चीनले जासुसीको आरोपमा दुई क्यानाडेली नागरिकलाई पक्राउ गरेको थियो । उसले क्यानडाबाट आयात हुने क्यानोलाको बिउमाथि पनि रोक लगाइदियो ।
चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले बिहिबार कोरोना भ्याक्सिनमा दुई देशबीच सहयोग समाप्त हुनुको नाता दुई देशबीचको सम्बन्धसँग नभएको बताएका छन् ।
शान्पानिएले यद्यपि, स्वास्थ्यको विषयमा वा कोभिड–१९ को विषयमा भविष्यमा चीन वा चिनियाँ कम्पनीसँग काम गर्ने सम्भावनाबाट अस्विकार भने गरेका छैनन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण