बारा र पर्साका सीमानामा खटिएका ४७ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
शुक्रबार, १२ भदौ २०७७, १२ : ५७

काठमाडौं । बारा, पर्सा र रौतहटस्थित नेपाल–भारत सीमानामा खटिएका ४७ जना सशस्त्र प्रहरीलाई कोरोना भाइरस संक्रमण देखिएको छ । बुधवार स्वाब संकलन गरेर पिसिआर जाँच गर्दा ४७ प्रहरीमा संक्रमण देखिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
संक्रमित सशस्त्र प्रहरी काठमाडौंबाट थप मद्धतका लागी तराई गएका थिए । उनीहरुलाई बारास्थित गण नम्बर-४० (रिजर्भ गण) मार्फत परिचालन गरिएको थियो । संक्रमित सशस्त्र प्रहरीलाई अहिले पिलुवास्थित रिजर्भ गणमा तयार पारेको आईसोलेशनमा राखिएको छ । १५ दिनअघि क्वारेन्टाइनमा बसेका प्रहरीलाई काठमाडौं फिर्ता हुनुअघि जाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव