अमेरिकी राष्ट्रपति ट्रम्प आँधी प्रभावित क्षेत्रमा जाने
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे अध्ययन गर्न जाने बताइएको छ । उनले ती प्रभावित क्षेत्रको यसै हप्ताको अन्त्यसम्ममा भ्रमण गर्ने समाचारमा जनाइएको हो ।
उनले आँधीका कारण सो क्षेत्रमा तत्काल भ्रमण गर्नका लागि आफूले रिपब्लिकन पार्टीको राष्ट्रिय भेलालाई गर्न लागेको सम्बोधनको कार्यक्रम पछि सार्न खोजेको बताएका थिए । उनले आँधी निकै ठूलो भएकोले तत्काल जान नसकिएको भन्दै अब भने कमजोर भएकोले अब छिट्टै गइहाल्ने बताए ।
अमेरिकाका लुजियाना र टेक्सासमा करिब २४० किलोमिटर प्रतिघण्टाको गतिमा आएको हावाहुरीले निकै क्षति पुर्याएको समाचारमा जनाइएको छ ।यो आँधीले पाँच लाख घरपरिवारमा बिजुलीको आपूर्ति अवरुद्ध भएको छ भने एउटा औद्योगिक रसायन कारखानामा पनि आगलागी भएको जनाइएको छ ।
समाचारका अनुसार अहिले सो आँधी कमजोर बनेको बताइएको छ । अमेरिकामा आएको यो शक्तिशाली समुद्री आँधीका कारण लुइजियाना राज्यमा बढी क्षति पुगेको बताइएको छ । ‘लोरा’ नामक आँधीले पु¥याएको क्षतिको आँकलन गर्ने काम भइरहेको बताइएको छ । लुइजियानास्थित एक रसायन कारखानामा आगलागी भएपछि स्थानीय मानिसहरूलाई त्यहाँ सतर्क रहन भनिएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण