देशभरका अस्पतालमा ६ हजारभन्दा बढी बेड थपिए
काठमाडौं । देशभर कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन । केन्द्रीय अस्पतालमा १ हजार, प्रादेशिक अस्पतालमा १ हजार ९ सय ५७ बेड थप भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यस्तै विभिन्न ६ सय ४९ पालिकामा ३ हजार २ सय ४५ वटा बेड थप भएका छन । अस्पतालहरु नभएका प्रत्येक पालिकामा पालिकामा ५ वटा बेड थप भएका हुन । हरेक अस्पतालमा जनशक्ति सहित बेड थप भएका हुन । यस्तै गरी सरकारले थप ३ वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ ।
वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाडौंको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । नेपालमा प्लाज्मा थेरापी विधिबाट २० भन्दा बढीको सफल उपचार भएको उनले बताए । देशका विभिन्न अस्पतालमा ४२ जनाले प्लाज्मा दान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण