सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राज्यमन्त्री र महानगर प्रमुखले गरे रानीपोखरीको स्थलगत निरीक्षण

शुक्रबार, १२ भदौ २०७७, २० : ०१
शुक्रबार, १२ भदौ २०७७

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलीले रानीपोखरी पुनर्निमार्णको स्थलगत निरीक्षण गरेको छ ।  शुक्रबार सहरी विकास राज्यमन्त्री र काठमाडौं महानगरपालिकाका प्रमुख सहितको टोलीले रानीपोखरी पुनर्निमार्णको निरीक्षण गरेको हो ।

निरीक्षणका क्रममा सहरी विकास राज्यमन्त्री मानन्धरले कोभिड महामारी कायम रहेपनि रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न गरी उद्घाटन गरिने बताए । उनले रानीपोखरी ऐतिहासिक, सांस्कृतिक, पुरातत्विकसँग मात्र नजोडिएर प्रेम काहानीसँग समेत जोडिएकाले काठमाडौंबासीको गौरव र जीवनसँग जोडिएको बताए । उनले रानीपोखरीको पुनर्निर्माणलाई महत्व दिएर काम गर्न आग्रह गर्दै कुनै समस्या भए मन्त्रालयबाट सक्दो सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गरे ।
रानीपोखरी निर्माणका क्रममा सुरुमा विवाद आएपछि पुनर्निमाण प्राधिकरणमार्फत उपभोक्ता समितिले कामको जिम्मा लिएको थियो । महानगरपालिकाका मेयर शाक्यले विज्ञ टिमको सुझाव अनुसार प्रताप मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरी रानीपोखरी बनाउने प्रतिवद्धता जनाई उपभोक्ता समितिमार्फत काम गराइएको बताए । उपभोक्ता समितिले स्थानीय स्तरमा देखिएका विवादहरुलाई समाधान गर्दै कामलाई अगाडि बढाउँदा केही ढिलाई भएपनि अपेक्षा गरिए अनुसार नै काम भएको मेयर शाक्यले बताए । 

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले पनि स्थानीय स्तरमा देखिएको विवादका कारण निर्माणमा केही ढिलाइ भएको बताएको छ । समितिका अध्यक्ष अजय स्थापितले आफुहरुको यस काममा अनुभव नभएपनि स्थानीय स्तरमा देखिएका समस्या र अवरोधलाई मिलाउँदै कामलाई अगाडि बढाइएको बताए ।

समितिका सचिव रोशन तुलाधरले करिब २५ करोड रुपैयाँ बराबरको बजेटबाट रानीपोखरीको पुनर्निर्माण सम्पन्न हुने बताए । यसअघि रानीपोखरीको पुनर्निमार्णको काम महानगरपालिकाले आफै गर्दा यसको शैली र पुरातत्व विगारेको भन्दै विवाद भएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण मार्फत उपभोक्ता समितिले काम सुरु गरेको हो । तर निर्धारित समयमा भने काम सम्पन्न हुन सकेन ।

पछिल्लो समय कोभिड १९ का कारण देशभर लकडाउन हुँदा पुनर्निर्माणको काम केही प्रभावित भएको थियो । तरपनि लकडाउन खुकुलो भएसँगै कामलाई निरन्तरता दिन सक्दा पुनर्निर्माणको कार्य अन्तिम चरणमा पुगेको उपभोक्ता समितिले बताएको छ । रानीपोखरीको पुनर्निमार्ण परम्परागत शैली र मौलिकता संरक्षण गरी प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप