शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ हवाई गाइडलाइन्स जारी गर्दै भारत सरकारले भन्योः मास्क नलगाउनेलाई नो फ्लाई सूचीमा राख्नुस्

शुक्रबार, १२ भदौ २०७७, २१ : ०८
शुक्रबार, १२ भदौ २०७७

कोरोना महामारीका कारण भएको लकडाउन र निषेधाज्ञाका कारण बन्द नेपालको हवाई सेवा अझै खुल्ने निश्चित छैन । नेपाल सरकारले भदौ १६ बाट उडान सुचारु गर्ने तयारी गरेको छ तर फैलिँदो महामारीका कारण हवाई क्षेत्र खुल्ने हो या होइन अनिश्चित छ । 

भदौ १६ गतेपछि पनि आन्तरिक हवाई उडान सेवा सुरु नभएमा आन्दोलनमा जाने वायुसेवा सञ्चालकहरुले बताउँदै आइरहेका छन् । विश्वभर सबै ठाउँमा आन्तरिक उडान संचालन भइरहेको र सुरक्षा मापदण्डमा बसेर नेपालमा अव भदौ १६ बाट आन्तरिक उडान सेवा सुरु गर्न माग उनीहरुको छ ।

महामारी कै बीच विदेशमा तथा स्वदेशकै विभिन्न भागमा रहेका नागरिकलाई ल्याउन सरकारले चार्टड उद्धार उडानका लागि भने अनुमति दिदैँ आएको छ । यता नियमित उडानको अनुमति नदिएर चार्टड उडानलाई प्राथमिकता दिएको भन्दै नेपाल सरकारको चर्को आलोचना भइरहेको छ । 

महामारी कै बीच उता छिमेकी मुलुक भारतले भने मे २५ बाट नै नियमित आन्तरिक उडान संचालन गरिरहेको छ । अहिले भारतमा कोरोनाभाइरसको महामारी चरम अवस्थामा पुगेको छ । भारतमा महामारी रहुन्जेल नेपालमा पनि महामारी नियन्त्रणमा नआउने विज्ञहरुले बताउँदै आइरहेका छन् । यही बीच पनि भारतका केही राज्यबाहेक अन्य क्षेत्रमा नियमित हवाई सेवा संचालन भइरहेको छ । तर अन्तर्राष्ट्रिय उडान भने अझै बन्द छ । केही विशेष उडान भने संचालन भइरहेका छन् ।

कोरोना महामारीकै बीच अहिले भारत सरकारले एयरलाइन्सहरुका लागि नयाँ हवाई गाइडलाइन्स जारी गरेको छ । भारत सरकारले एयरलाइन्सहरुलाई उडानको समय यात्रुहरुलाई खाना प्रदान गर्न अनुमति दिएको छ । तर मास्क नलगाउने यात्रीलाई भने कडाई गर्न निर्देशन दिएको छ ।

उड्डयन नियामक, नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)ले एयरलाइन्सलाई यदि मास्क नलगाई कोही यात्रु आउँछन् भने उनीहरु आफैले निर्णय लिन सक्छन् र आफ्नो नाम नो फ्लाई सूचीमा राख्न सक्ने (केहि समयका लागि हवाई यात्रामा प्रतिबन्धित गर्न सक्ने) बताएको छ । मास्क नलगाउनेलाई केहि समयका लागि हवाई यात्रामा प्रतिबन्धित गर्न सकिने बताएको छ ।

नयाँ गाइडलाइन्समा के–के भनिएको छ ?
१. प्याक गरिएको स्न्याक्स, खाना र पेय पदार्थ घरेलु उडानहरुमा दिन सकिन्छ भने, अन्तर्राष्ट्रिय उडानमा तातो खाना दिनु पर्नेछ ।
२. एयरलाइन्सले घरेलु र अन्तर्राष्ट्रिय उडानहरुमा एकल प्रयोग लागु गर्नु पर्नेछ, जस्तोः ट्रे, प्लेट वा कन्टेनरको प्रयोग । 
३. खाना पीना दिनुभन्दा पहिला क्रु सदस्यले हरेक पटक ग्लोब्स बदल्नु पर्नेछ ।
४. उडानमा यात्रीको मनोरञ्जनको लागि छुट मिल्ने छ । तर उनीहरुलाई डिस्पोजेबल इअरफोन वा डिसइन्फेक्टेड हेडफोन दिनुपर्नेछ ।
५. कोही यात्रु मास्क लगाउन मानेन भने एयरलाइन्सले उसको नाम नो फ्लाई लिस्टमा राख्न सक्ने छ ।

घरेलु उडान २५ मे देखि सुरु भएको थियो 
कोरोनाभाइरस महामारीको कारण भारतमा दुई महिना आन्तरिक उडान बन्द भयो । तर सरकारले दुई महिनापछि मे २५ देखि पूनः उडान सुचारु गर्ने अनुमति दिएको थियो । सुरुवातमा उडानमा खाना दिन भने अनुमति दिएको थिएन । उही समयमा विशेष अन्तर्राष्ट्रिय उडानहरुलाई भने दुरी कायम गरि प्रि–प्याकिङ खाना र स्न्याक्स दिने अनुमति दिएको थियो । 

अन्तर्राष्ट्रि उडानहरु २३ मार्चदेखि नै बन्द छ । विदेशमा फसेका आफ्ना नागरिकहरुलाई ल्याउन भारत मिसनअन्तर्गत एयर इन्डियाको विमान मात्र अरु देशमा जाने गरेको छ । भारत सरकारले पछिल्ला दिनहरुमा केही देशहरुसँग हवाई बबलअन्तर्गत उडानहरु सुरु गरेको छ । 

source:https://www.bhaskar.com/national/news/domestic-flights-india-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप