नाष्टले दियो प्रहरीलाई घुम्ती स्वाब सङ्कलन साधन
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण गरेको छ । नाष्ट कार्यालयमा आज सचिव डा.महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा.आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गरे ।
कार्यक्रममा डा. शाहले सो साधन कोभिड सङ्क्रमित प्रहरी कर्मचारीलाई सुरक्षित बोक्न निकै उपयोगी हुने विचार व्यक्त गरे । यसैगरी डा.दत्तले यस साधन तत्कालका लागि नेपाल प्रहरीको कोरोना परीक्षण गर्न प्रयोग गरिने र यसपछि माथिल्लो निकायकासँग छलफल गरेर पछि कहाँ कहाँ प्रयोग गरिन्छ भन्ने जानकारी लिन अझै बाँकीनै रहेको बताए ।
नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्खर ढकालले आफूहरुलाई उक्त साधन निर्माण गरिदिन करिब २० दिन पहिले आग्रह आएको बताए । सो प्रविधिको नाम भने ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स रहेको ढकालले जानकारी गराए ।
सो साधनमा बाहिरी ब्याट्रीको प्रयोग गरी गाडी नखोली काम गर्न मिल्ने र यसमा नयाँ किसिमको स्वीच पनि प्रयोग गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा. ढकालको भनाई थियो । यसअघि नाष्टले गत साउन १० गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन