नाष्टले दियो प्रहरीलाई घुम्ती स्वाब सङ्कलन साधन
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण गरेको छ । नाष्ट कार्यालयमा आज सचिव डा.महेशकुमार शाहले अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा.आशिष दत्तलाई उक्त साधन हस्तान्तरण गरे ।
कार्यक्रममा डा. शाहले सो साधन कोभिड सङ्क्रमित प्रहरी कर्मचारीलाई सुरक्षित बोक्न निकै उपयोगी हुने विचार व्यक्त गरे । यसैगरी डा.दत्तले यस साधन तत्कालका लागि नेपाल प्रहरीको कोरोना परीक्षण गर्न प्रयोग गरिने र यसपछि माथिल्लो निकायकासँग छलफल गरेर पछि कहाँ कहाँ प्रयोग गरिन्छ भन्ने जानकारी लिन अझै बाँकीनै रहेको बताए ।
नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा. शङ्खर ढकालले आफूहरुलाई उक्त साधन निर्माण गरिदिन करिब २० दिन पहिले आग्रह आएको बताए । सो प्रविधिको नाम भने ‘मोबाइल स्वाब कलेक्सन भ्यान’ नामक एक एम्बुलेन्स रहेको ढकालले जानकारी गराए ।
सो साधनमा बाहिरी ब्याट्रीको प्रयोग गरी गाडी नखोली काम गर्न मिल्ने र यसमा नयाँ किसिमको स्वीच पनि प्रयोग गरी सञ्चालन गर्ने व्यवस्था मिलाइएको डा. ढकालको भनाई थियो । यसअघि नाष्टले गत साउन १० गते बिरामी व्यक्तिबाट चिकित्सकलाई सजिलै जोगाउन नेपाली सेनाको सहयोगमा ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ निर्माण गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण