मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं – कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ ।
बिरामीको मृत्यु भए पनि समयमा रिपोर्ट नआउँदा आफन्तहरू त्रासमा पर्ने गरेका छन् । मुख्यतः अस्पतालमा राम्रो वातावरण नहुने र मृत्युपछि ढिलो रिपोर्ट आउँदा संक्रमण देखिए ट्रेसिङमा समस्या हुने गरेको आफन्तहरूको गुनासो छ ।
उदयपुरका ५२ वर्षीय एक पुरुषको गत ९ भदौमा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भयो । सोही दिन बिहानै उनको स्वाब लिइएको थियो । तर, उनको पिसिआर परीक्षणको रिपोर्ट तीन दिन पछि १२ गते शुक्रबार आयो । उनका एक आफन्तले भने, ‘के गर्नु रिपोर्ट बल्ल आयो । हामी यही अस्पतालमै बस्यौं । हारगुहार गर्दा पनि समयमा रिपोर्ट पाएनौं ।’
ज्वरोको लक्षण देखापरेपछि उनलाई उदयपुरमा सामान्य उपचारपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले सुरुमा कोरोना परीक्षण गर्न नमानेको आफन्तको गुनासो छ ।
रिपोर्ट समयमा नपाउँदा आफन्तहरू मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । देशभर अधिकांशको मृत्युपछि मात्रै कोरोना परीक्षण भई रिपोर्ट आउने गरेको छ ।
स्वाब संकलन गरिए पनि रिपोर्ट ढिलो आउँदा आफन्तहरू प्रताडित हुने गरेका छन् । गुल्मीमा केही महिनाअघि मृत्यु भएका मृतकका एक आफन्तले भने, ‘मृत्यु त भयो तर स्वाब संकलन गरेको झन्डै एक हप्तामा रिपोर्ट आयो । हामी निकै तनावमा थियौं ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म