होम डेलिभरी सेवा दिंदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न सरकारी समिती गठन
काठमाडौं । कोभिड १९ को विषम परिस्थितिमा होम डेलिभरीलाई ब्यवस्थित गर्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सरोकारवाला सहित बैठक सम्पन्न भएको छ।
गत बिहिवार प्रहरी प्रशासनले सामान डेलिभरीमा समस्या उत्पन्न गरेपछि नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राखेको थियो।
बैठकले डेलिभरी प्रणालीमार्फत सेवा दिंदा अपनाउनु पर्ने मापदण्ड तत्कालै तयार गरि पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंको सम्योजकत्वमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र नेपाल प्रहरिको एक/एक जना अधिकृत प्रतिनिधि सहितको समिती गठन गर्ने निर्णय गरेको छ। सो समितीले ई–कमर्स कम्पनीको तर्फबाट राय सुझाव लिएर निर्णय गर्ने समितीका सम्योजक एवं सहायक प्रजिअ जनकराज भट्टले बताए।
बैठकमा ई–कमर्स कम्पनीको मागलाई सम्बोधन गर्न जिल्ला प्रसासन कार्यालय काठमाडौमा सम्पन्न बैठकमा ई–कमर्स कम्पनी, बाणिज्य, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो।
नेपाल ई–कमर्स तथा अनलाइन डेलिभरी सेवा संचालकहरुको साझा फोरमका संयोजक सागर देव भट्टले होम डेलिभरीलाई बिहान ५ बजे देखि बेलुकी ९ बजे सम्म निर्बाध संचालन गर्न दिनुपर्ने र सो कामका कर्मचारी घर कार्यालय आउन जान बाधा नपुर्याउन आग्रह गरेको बताए।
स्वास्थ मन्त्रालयले बालबालिका र ५० बर्ष नाघेका व्यक्ति घर बाहिर ननिस्कन आग्रह गरिरहेको सन्दर्भमा कतिपय परिवारमा सोही समुहका व्यक्तिलाई किनमेल गर्न निस्कन परेको अवस्थामा सबै उमेर समुहका व्यक्तिलाई घर बाहिर निस्कनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य होम डेलिभरिले गर्ने भट्टको तर्क छ।
साथै कन्ट्याक ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेट भन्दा कम समयमा भौतिक दुरि कायम गरि डेलिभरी गरिने कारण ई-कमर्स सुरक्षीत रहने भट्ट बताउँछन्। उनी थप्छन्, ‘यस्तो परिस्थितिमा ई–कमर्स कम्पनीले बिजनेस बढाउन भन्दा भिडभाड कम गरि कोनोना नियन्त्रणमा जोड दिएको छ।’
यो विषम परिस्थितिमा उपभोक्ताको आवश्यकता पुर्ती र अर्थतन्त्र चलायमान बनाउन ई–कमर्सको भूमिका महत्त्वपूर्ण रहने भट्टले बताए। मन्त्री परिषदको निर्णय बमोजिम अत्यावश्यक बस्तुको ढुवानीमा रोकतोक नलगाउन आग्रह गरेको भट्टले बताए।
स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डिलिभरी पसलहरुको भिडभाड भन्दा सुरक्षीत हुने तर्क पठाओका संचालक असिममान सिंह बस्न्यातले बैठकमा राखेका थिए। त्यस्तै ई–कमर्सले डिजिटल भुक्तानीलाई प्राथमिकता दिने भएकाले नगद कारोबार कम भइ कोरोना सङ्क्रमणको जोखिम कम हुने बस्न्यातले बताए।
भदौ ११ गते बिना पूर्व सूचना इन्फि स्टोर, ग्यापु मार्केटप्लेस, युजी, फुडमाण्डु, भोजडिल, फुडमारियो, काठमाडौ अर्ग्यानिक, मेट्रो तकारी, सस्तो मेलालगायतका कम्पनीका संचालक एवम् डेलिभरी कर्मचारी गरि ९९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण