उपकार लघुवित्तको आईपीओ विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ नियुक्त भएको छ ।
कम्पनीको प्रति शेयर अंकित मूल्य रु. १०० दरका १,२६,००० कित्ता शेयर बराबर रु. एक कराड २६ लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ )को निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साथै उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड नियुक्त भएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैङ्किङका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ नेपाल एसबिआई बैकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुट विश्वास छः मुख्यमन्त्री लामा
-
कप्तान जितेश र विराट चम्किएपछि लखनउविरुद्ध बैंग्लुरुको शानदार जित
-
१२ बजे, १२ समाचार : विकास निर्माणमा बेथितिदेखि रवि थुनामुक्त नभएपछि रास्वपामा कमाण्डरको खोजीसम्म
-
दुई वर्षमा २७ किलोमिटर पदमार्ग निर्माण
-
गोर्खा कपको उपाधि नेपाल ड्रिम टिमलाई, १५ हजारभन्दा बढीको सहभागिता
-
१० बजे १० समाचार : भिजिट भिसा प्रकरणले संसद्मा हंगामा, गभर्नरविरूद्ध अर्को रिट