नेपाली सेनाद्वारा दुई जना संक्रमितको शव व्यवस्थापन, रौतहटमा मर्नेको संख्या ५ पुग्यो
रौतहट । रौतहटस्थित नेपाली सेनाको टोलीले दुई जना कोरोनाभाइरस संक्रमितको शव व्यवस्थापन गरेको छ । ईन्द्रबक्स गण गौरबाट तालिम प्राप्त टोलीले मौलापुर नपा–३ गमहरिया गाउँछेउ र यमुनामाई गापा–३ राजपुर छेउ खाली स्थानमा शव व्यवस्थापन गरेको कर्णेल सामन्तध्वज खाँणले बताए । तालिम प्राप्त सेनाको टोलीले राष्ट्रिय धुन बजाएर सलामीसहित संक्रमितको शव व्यवस्थापन गरेको कर्णेल खाँणले जानकारी दिएका छन ।
गमहरियाका ३० वर्षीय पुरुष श्वास प्रश्वास तथा किड्नी रोगबाट ग्रसित हुँदा गत ७ गते वीरगञ्जस्थित कोरोना विशेष हेल्थ केयर अस्पतालमा पीसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो । पचारको क्रममा उनको शनिवार राति मृत्यु भएको थियो ।
त्यसैगरी राजपुरका ४० वर्षीय पुरुष चिनिरोग, ज्वरो र झाडापखालाबाट ग्रसित भएपछि गत १२ गते वीरगञ्जस्थित कोरोना विशेष गण्डक अस्पतालमा भर्ना गर्ने क्रममा पीसीआर जाँचमा पोजेटिभ देखिएको थियो । उपचारको क्रममा उनको पनि गत राति मृत्यु भएको थियो ।
आइतबार रातिनै दुवैजनाको शव एम्बुलेन्सबाट मगाएर व्यवस्थापन गरिएको थियो । यसका साथै रौतहटमा कोरोनाभाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण