महोत्तरीमा निषेधाज्ञा पुनः एक साता थपियो
जलेश्वर । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि महोत्तरीमा लगाइएको निषेधाज्ञा पुनः एक साताको लागि थपिएको छ । सोमबार राति १२ बजेदेखि सम्पन्न हुन लागेको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजे सम्मको लागि पुनः थप गरी बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । यस निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु विहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने व्यवस्था गरिएको जनाइएको छ ।
प्रशासनले यस निषेधाज्ञाको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने उनले जनाए । अहिलेसम्म महोत्तरीमा १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण