पोखराबाट गाँजासहित २ जना पक्राउ
सोमबार, १५ भदौ २०७७, १७ : १२

काठमाडौँ । पोखराबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । तनहुँ शुक्लागण्डकीका २३ वर्षीय संजोक विक र कास्की पोखराका २० वर्षीय शिलाष विकलाई पक्राउ गरेको हो । अवैध लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट पक्राउ गरेको थियो ।
उनीहरु आइतबार राति ग ९ प ६०२८ नम्बरको मोटरसाइलमा अवैध लागुऔषध गाँजा ६ किलो १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन बोकेर हिँडेका थिए । प्रहरीको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । एसपी श्रेष्ठका अनुसार संजोक विक ड्राइभर हुन् भने शिलाष विक सटिङको काम गर्थे । उनीहरुविरुद्ध लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ बुधबारको लागि विदेशी मुद्राको विनिमय दर
-
अहमदाबाद विमान दुर्घटनाः १ सय २४ जनाको शव परिवारलाई बुझाइयो
-
रामघाट सुर्खेतमा व्यावसायिक लिची खेती आकर्षण
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित