पोखराबाट गाँजासहित २ जना पक्राउ
सोमबार, १५ भदौ २०७७, १७ : १२
काठमाडौँ । पोखराबाट प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । तनहुँ शुक्लागण्डकीका २३ वर्षीय संजोक विक र कास्की पोखराका २० वर्षीय शिलाष विकलाई पक्राउ गरेको हो । अवैध लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा महानगरपालिका–३३ भरतपोखरीबाट पक्राउ गरेको थियो ।
उनीहरु आइतबार राति ग ९ प ६०२८ नम्बरको मोटरसाइलमा अवैध लागुऔषध गाँजा ६ किलो १०० ग्राम र लागूऔषध तौल गर्ने मेसिन बोकेर हिँडेका थिए । प्रहरीको चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले बताए । एसपी श्रेष्ठका अनुसार संजोक विक ड्राइभर हुन् भने शिलाष विक सटिङको काम गर्थे । उनीहरुविरुद्ध लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण