प्रदेश २ मा मंगलबार ४ जना कोरोना संक्रमितको मृत्यु
जनकपुर । प्रदेश नम्बर २ मा मंगलबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसहित प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । मृत्यु हुनेमा पर्साका २, बाराका १ र सिरहाका १ पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० स्थित हरपतगंजका ५३ वर्षीय एक पुरुष र पर्साकै अन्दाजी ६० वर्षीय एक पुरुषको मृत्यु भएको जनाइएको छ ।
त्यस्तै बाराको कोल्हवी नगरपालिकाका ६० वर्षीय एक पुरुष र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा १६ महिला र ७८ पुरुष गरि कुल जम्मा ९४ जनाको मृत्यु भइसकेको छ ।
यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण